कास्की– २ मा विद्या भट्टराई सर्वसम्मत

94

छिनछिन खबर
पोखरा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की– २ मा हुने उपचुनावका लागि विद्या भट्टराईलाई सिफारिश गरेको छ । जिल्ला कमिटीको बैठकले भट्टराईलाई एकल उम्मेदवारको रूपमा सिफारिश गर्ने निर्णय गरेको हो ।

सर्वसम्मत रूपमा भट्टराईलाई उम्मेदवार बनाउने सिफारिश गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । कास्की– २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । कास्की– २ प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनाव हुने १ मात्र क्षेत्र हो । यस क्षेत्रका लागि नेपाली कांग्रेसले नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिश गरेको छ ।

Womui
Womui