संविधान दिवसमा छातीमा झण्डा र घरघरमा दिपावली गर्न सरकारको आग्रह

72

छिनछिन खबर
काठमाडौं–गृह मन्त्रालयले संविधान दिवस हर्षोल्लासका साथ मनाउन आह्वान गरेको छ । संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराउन र दीपावली गर्न समेत गृहले सूचना जारी गरी आग्रह गरेको छ । विभिन्न कार्यक्रममा प्रयोग गरिने झण्डाको आकारको सूचना यसअघि नै गृहमन्त्रालयले सार्वजनिक गरेको थियो ।

गृहले संविधान दिवस तथा राष्ट्रिय दिवसमा प्रयोग गरिने टिसर्टको नमूनासमेत सार्वजनिक गरेको छ । सो टिसर्टमा मुटुमा पर्ने गरी राष्ट्रिय झण्डा राखिएको छ । संविधान दिवस असोज ३ गते हो ।

Womui
Womui