रोबोटले स्कुलमा पढाउन थाल्यो, अब के होला शिक्षकको भविष्य ?

34

एजेन्सी
बैंगलोर– भारतको बैंगलोरस्थित एउटा निजी विद्यालयमा विद्यार्थीलाई पढाउन रोबोटहरुलाई शिक्षकका रुपमा कक्षाकोठमा प्रयोग गर्न थालिएको छ । ती रोबोट मान्छेजस्तै देखिन्छन् ।

जसले विद्यार्थीलाई सरसर्ती पढाउनेमात्र होइन विद्यार्थीहरुको सम्बन्धित विषयमाथिको जिज्ञासा पनि पूर्ण रुपमा मेटाउँछन् । यी रोबोटको आविष्कारकको दाबी छ कि यस्ता रोबोटको उपस्थितिमा विद्यार्थीहरु पढाइमा बढी ध्यान दिन थालेका छन् ।

यी रोबोटको चिफ डिजाइनर हुन् बिग्नेश राव । उनका अनुसार यी रोबोटले कक्षा ७ देखि ९ सम्म ३०० सयभन्दा विद्यार्थीलाई छुट्टाछुट्टै विषय पढाउँछन् । यी रोबोट विद्यार्थीहरुसँग दोहोरो कुराकानी पनि गर्छन् । विद्यार्थीद्वारा सम्बन्धित विषयमा सोधिएका प्रश्नहरुको पनि सशप्रतिशत सही जबाफ दिन्छन् ।

हाल विद्यालयमा प्रयोग गरिएका रोबोटहरुलाई महिलाको स्वरुप दिइएको छ । यस्ता एउटा रोबोट बनाउन अहिले साढे १२ लाख रुपैयाँ जति खर्च भएको राव बताउँछन् । रावका अनुसार हाल यस्ता रोबोटले बायोलोजी, केमेस्ट्री, जियोग्राफी, हिस्ट्री र फिजिक्सजस्ता विषय पढाउँदै आएका छन् । हाल विद्यालयमा यस्ता तीनवटा रोबोट पढाउनका लागि शिक्षकका रुपमा प्रयोग गरिएको छ ।

यी रोबाट हल्का थ्रीडी प्रिन्टेड मटेरियल र स्मार्ट सर्वो मोटरबाट बनाइएको छ । यी मटेरियलको मद्दतबाट यी रोबोट क्यालमा पढाउँदा मान्छेकै जस्तो व्यहार गर्छन् । रोबोट बनाउन विद्यालयका शिक्षक, प्रोग्रामर, कन्टेन्ट डेभलपर, ग्राफिक्स डिजाइनर्स सहभागी थिए। यी रोबाट बनाउन थेरै सफ्टवेयर, हार्डवेयर र एआई टुलको सहयोग लिइएको थियो । यो रोबोटको वजन करिब ४५ किलो छ । यी रोबोट बनाउन करिब २ वर्ष लागेको रावले जानकारी दिए ।

Womui
Womui