आइपिएस तालिममा इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट, भारतीय गृहमन्त्रीद्वारा सम्मान

132

छिनछिन खबर
काठमाडौं– भारतको हैदरवादस्थित सरदार बल्लभ भाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट भएका छन् ।

१३ महिने तालिममा आउट डोर विधामा इन्सपेक्टर खड्का उत्कृष्ट भएका हुन् । उत्कृष्ट भएका खड्कालाई भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए । सो तालिममा नेपाल प्रहरीबाट ५ जना इन्सपेक्टर सहभागी भएका थिए ।

खड्कासँग इन्सपेक्टरहरु बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा सहभागी भएका थिए । यस्तै भुटानबाट ६ जना, माल्दिभ्सबाट ४ जना, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए ।

Womui
Womui