भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड रुपैयाँ हस्तान्तरण

41

छिनछिन खबर
काठमाडौं– भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई चेक हस्तान्तरण गरे ।

भारतले २०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमध्ये २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ । यस्तै भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रकम उपलब्ध गराएको हो ।

Womui
Womui