बङ्लादेशमा आगलागीले बनायो १० हजारलाई घरबार विहीन

35

एजेन्सी
ढाका, भदौ १ । बङ्लादेशको राजधानी ढाकास्थित एक बस्तीमा आगलागी हुँदा कम्तीमा १० हजारको संख्यामा घरबार विहीन भएका छन् । ढाकाको मिरपुरबाट सुरु भएको आगलागीले टिनले छापिएका दुई हजार घरहरु जलेर नष्ट भएको अग्नी सेवा अधिकारी इर्साद हुसेनले बताए । आगलागीबाट केही घाइते भएपनि कुनै मानवीय क्षति नभएको बताइएको छ । ‘इदका अवसरमा परिवारसहित धेरै जना बिदा मनाउन गएकाले प्राय घरहरु खाली थिए । नत्र क्षती बढ्न सक्थ्यो’ स्थानीय प्रहरी प्रमुख गोलम रब्बानीले भने ।

आगलागी पछि १० हजार मानिस स्कुल नजिकैको क्याम्पमा आश्रय लिन बाध्य भएका छन् । उनीहरुमध्ये धेरै २० वर्षअघि देखि वस्तीमा बस्दै आएका थिए । तीमध्ये अधिकांश कपडा उद्योग, केही रिक्सा चालक र केही मजदुरी गरी वस्तीमा गुजारा चलाउँदै आएका थिए ।आगलागीको कारण बारे अनुसन्धान भइरहेको जनाइएको छ । अग्नी प्रकोपका कारण बङ्लादेशका प्रमुख शहरहरुमा मात्रै यो वर्ष सयौँ जनाले ज्यान गुमाइसकेका छन् ।

Womui
Womui