विमानमा यात्रा गरिरहँदा पूर्वमन्त्रीलाई विष्टलाई हृदयाघात

149

छिनछिन खबर
काठमाडौं– पूर्वमन्त्री तत्पबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएपछि भैरहवा विमानस्थलमा विमान आकस्मिक अवतरण गरिएको छ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको उडानमार्फत नेपालगन्जबाट काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो ।

जहाज उडिरहँदा हृदयाघात भएपछि सो बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा अपरान्ह आकस्मिक अवतरण गरिएको हो । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य जाँचपछि अवस्था सुधारउन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चिकित्सकहरूले स्वास्थ्य जाँचपछि उनलाई पहिला गरेको अप्रेशनको असर भएको बताएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी विष्ट शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका थिए ।

Womui
Womui