लमजुङको दोर्दी खोलामा बाढी आउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्कविहीन

380

छिनछिन खबर
काठमाडौं– लमजुङमको दोर्दी खोलमा अबिरल बर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ । बाढीमा अझै दर्जन बढी बेपत्ता भएको प्रहरले जनाएको छ ।

लमजुङको पूर्वीभेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा आएको ठूलो बाढीमा परेर चार जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको छ । दोर्दी गाउँपालिका कार्यालय रहेको शेराबजार नजिकै दुईजना र थप दुईको शव ढोडेनीको किर्तीपुर क्षेत्रमा फेला परेको दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले जानकारी दिए ।

उनीहरु जलविद्युत् आयोजनामा कार्यरत कामदार हुनसक्ने अनुमान गरिएको छ । घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई, डिएसपी रबिन्द्रमान गुरुङ लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा गएको छ । स्थानीयका अनुसार ७५ प्रतिशत पूरा भएको २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजना, लिवर्टी हाइड्रो पावरमा समेत बाढीले क्षति पु¥याएको छ । बाढीले निर्माण कार्यमा प्रयोग गरिएका डोजर, ट्रयाक्टर लगायतका अन्य सामानमा समेत क्षति पु¥याएको छ ।

Womui
Womui