टुंगियो नेकपाको एकताको सम्पूर्ण काम

116

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको सबै काम टुंग्याएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलले एकताको कामलाई निष्कर्षमा पुर्‍याएको हो ।

बैठकमा अध्यक्षद्वयका साथसाथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी थिए । ’एकता, एकीकरणसँग सम्बन्धित सम्पूर्ण विषयमा गृहकार्य सम्पन्न भयो । अब छिट्टै बस्ने सचिवालय बैठकमा त्यो प्रस्तुत हुन्छ,’ महासचिव विष्णु पौडेलले भने ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष जेठ ३ गते एकता भएको थियो । १४ महिनासम्म पार्टी एकताका केही काम टुंगिन बाँकी थिए ।

Womui
Womui