व्यापार घाटा बढेको बढ्यै, ११ महिनामा १२ खर्ब व्यापार घाटा

168

छिनछिन खबर
काठमाडौं–सरकारमा रहेका व्यक्तिहरूले मुलुक आत्मनिर्भर बन्ने नारा लगाइरेको बेला मुलुकको व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

निर्यातका तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापार सन्तुलन हुन सकेको छैन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमध्ये नेपालबाट ८७ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा मुलुकले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७ दशमलव ५० प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिका तुलनामा कुल वैदेशिक व्यापारमा आयात ०.०४ प्रतिशतले घटेको छ भने निर्यात ०.५९ प्रतिशतले बढेको छ । ११ महिनाको अवधिमा नेपालले छिमेकी मुलुक भारतसंग ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा व्यहोरेको छ ।

भारतबाट मात्र ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपैयाँको आयात भएको छ । सोही अवधिमा नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी हेर्दा भारतसँगको व्यापार घाटा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ नाँघेको छ । गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ बराबर थियो ।

नेपालको दोस्रो ठुलो वैदेशिक व्यापार साझेदार चीनसँग कुल व्यापार घाटाको १५ दशममलव २३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा चीनसँगको व्यापार घाटा १३ दशमलव ५७ प्रतिशत रहेको थियो । चीनसँग १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ बराबरको आयात र १ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ लाख ९३ हजार रुपैयाँ बराबर रहेको छ ।

Womui
Womui