लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा, नेपालीलाई के होला ?

43

एजेन्सी
वासिङट्न– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्नेे बताएका छन् । ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने जानकारी गराएका हुन् ।

‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’ ट्रम्पले भनेका छन् । गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि ट्रम्पले तारिफ गरेका छन् । एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्य अमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो ।

आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिवद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका छन् । अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन् ।

तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन् । ट्रम्पको उक्त कदमपछि अमेरिकामा रहेका नेपालीलाई कस्तो असर पर्ला भन्नेबारे अझै अन्योल देखिएको छ । कतिपयले भने अवैध रुपमा बसेका नेपाली मारमा पर्न सक्ने चेतावनी दिएका छन् ।

Womui
Womui