तीनकुने पुल निर्माण निर्धारित समयमा सकिएन पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको सिफारिस

158

छिनछिन खबर
काठमाडौँ, जेठ ३१ । तीनकुने पुल निर्माणका लागि पप्पुले २०७१ सालमा नै ठेक्का लिएपनि निर्धारित समयमा काम पुरा गर्न सकेन । विकास समितिको टोलीले स्थलगत अध्ययन गर्दा पप्पुको बदमासी पत्ता लगाएको हो । प्रतिनीधि विकास समितिले पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ । सो पुल निर्माणका लागि पप्पुले २१ करोड ३३ हजारमा ठेक्का लिएको थियो ।अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदी (कोटेश्वरतर्फ जाँदा) को बायाँतर्फ निर्माण भइरहेको पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको छ । कूल २९.५ मिटर गहिरो (लम्बाई) का १६ वटा १ हजार २०० का पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो ।

तर निर्माण व्यवसायीले एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स भाँच्चिएको पाइएको छ । प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्बद्ध कर्मचारीले जानकारी दिए ।तीनकुनेको पुल २०७४ असार ५ गतेसम्म सक्ने गरी काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सन विच सम्झौता भएको थियो ।

हालसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने पुल निर्माण नै रोकेर विवादमा तानिएको विकास समितिको प्रतिवेदनमा उल्लेख छ ।समितिको यहि वैशाख १९ गतेको निर्णय अनुसार सभापति कल्याणी खड्काको नेतृत्वमा जेठ २ गते सो पुलको अवलोकन भएको थियो ।

Womui
Womui