सार्वजनिक यातायातको भाडा बढ्यो, सर्वसाधारण मारमा

234

छिनछिन खबर
काठमाडौं– सरकारले सार्वजानिक यातायातका भाडा बृद्धि गरेको छ । हाल कायम भाडामा २० प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर भनयाँ भाडादर कायम भएको जनाएको छ ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवत्ता तीर्थराज खनालले जानकारी दिए । यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ ।

लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए । सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ । यस्तै सरकारले असार १ गतेदेखि रात्रिकालिन बस चलाउने तयारी गरेको छ । यसको भाडा दिउँसोको सवारीको भन्दा धेरै हुने छ । रात्रिकालिन बसको न्यूनतम भाडा २२ रुपैयाँ हुने जनाइएको छ । सरकारले एकैचोटी सार्वजनिक सवारीको भाडा वृद्धि गरे पनि सर्वसाधारणको आम्दानी भने बढेको छैन । त्यसैले उक्त निर्णयबाट सर्वसाधारण पीडित हुनेछन् । कतिपयले सरकाले बजेटमार्फत कर्मचारीको तलब वृद्धि गरेका कारण यस्तो अवस्था आएको टिप्पणी गरेका छन् ।

Womui
Womui