इञ्जिनियर एक लाख घूससहित पक्राउ

34

राजविराज, जेठ ३०। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घूससहित आज बिहान रंगेहात पक्राउ गरेको छ ।आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घूस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।

 

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन ।उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घूससहित गाउँपालिकाका इञ्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
रासस

Womui
Womui