चट्याङ लागेर डडेल्धुरामा एकको मृत्यु तीन घाइते

288

छिनछिन खबर

डडेल्धुरा, जेठ २९ । चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटलाई बुधबार घरमा बसिरहेका बेला चट्याङ लागको हो । घाइते भएकी संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

चट्याङ लागेर सोही स्थानका अन्य तीनजना घाइते भएका छन् । ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका छन् । मीना र संगीता दिदी बहिनी हुन् ।

Womui
Womui