मोदी मन्त्रिपरिषद्मा मन्त्रालय बाँडफाँड, भाजपा अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी (सूचीसहित)

270

छिनछिन खबर
काठमाडौं– नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले भाजपा अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् ।

यसअघिका गृहमन्त्री राजनाथ सिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । मोदीले काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई पराजित गर्ने स्मृति इरानीलाई महिला र बालबालिका विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री मोदी आफूसँग आणविक ऊर्जा, अन्तरिक्ष लगायतका महत्वपूर्ण विभाग हेर्ने मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रीमण्डलमा वित्तमन्त्रीको जिम्मेवारी निर्मला सितारामणलाई दिएका छन् भने पूर्व विदेशसचिव तथा नेपाल मामला जानकार एस जयशंकरलाई विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् ।

यी हुन् नयाँ मन्त्रीहरु

Womui
Womui