४३४ कैदीको सजाय माफ

83

छिनछिन खबर
काठमाडौं–गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४ कैदीलाई सजायँ माफी दिएकी छन् । सरकारको सिफारिसमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ४ सय ३४ जनाले कैद माफी पाएका हुन् ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई संविधानको धारा २७६ बमोजिम राष्ट्र प्रमुखले माफी दिने व्यवस्था छ । सोही व्यवस्था अनुसार हरेक वर्ष कैदीलाई माफी दिने चलन छ ।

Womui
Womui