दाङमा यात्रुवाहक बस दुर्घटना

109

छिनछिन खबर
दाङ,बैशाख १५ । दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।बस हात्तीखौवा सडकदेखि तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइहरेको छ ।

Womui
Womui