दजाकोट झाडापखला महामारीःएक बालकको ज्यान गयो

354

छिनछिन खबर
गुल्मी,बैशाख १५ । सोमबारदेखि गुल्मीको दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपबाट आइतवारसम्म एक जना बालकको ज्यान गएको छ ।एकजना वृद्धाको अवस्था चिन्ताजनक रहेको छ भने अहिलेसम्म १ सय ७० जना भन्दा वढी झाडा पखलाको विरामी परेका छन् ।

मुसिकोट नगरपालिका–४ को दजाकोटस्थित पशुपति निम्न माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्ने गरेका १२ बर्षीय रेशम सिंजालीको झाडा पखलाबाट ज्यान गएको स्थानीय समाजसेवी हरिप्रसाद छन्त्यालले जानकारी दिए ।मृतक बालककी हजुरआमा र आमा पनि झाडापखलाबाट विरामी परेकी छन् । छन्त्यालका अनुसार वुटवलमा उपचार गर्न पठाईएकी ६५ बर्षिया कुमारी सिंजालीको स्वास्थ्य अवस्थामा सुधार आएको छैन ।

अहिलेपनि उनको अवस्था चिन्ताजनक रहेको छन्त्याल बताउँछन् । नुरखोला लालङ्गदी खानेपानी मुहानदेखि दल दजाकोटको पानी सङ्कलन गर्ने ट्याङ्कीसम्म दिसामा पाईने कोलिफम किटाणु फेला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले जनाएको छ ।त्यहाँको पानीको थप परीक्षण गर्न राजधानीबाट आएको बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) को टोली आइतबार त्यसतर्फ जाँदै गरेको जिल्ला अस्पतालको सुपरिटेन्डेन डाक्टर उत्तम पाच्याले जानकारी दिए ।उक्त मुहानको पानी पीउन योग्य नभएपछि यतिबेला दजाकोटवासीमा पिउने पानीको हाहाकार भएको छ ।

तर नगरपालिकाले शुद्ध पानीमा कमी हुन नदिने मेयर सोमनाथ सापकोटाले बताए ।उक्त मुहानको पानी ८५ घरधुरीले पिउँदै आएका थिए । मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले भने, ‘सोही मुहानको पानीमा दिशाजन्य किटाण्ु भएका कारण झाडापखला फैलिएको पाइएपछि उक्त पानी पिउन बन्देज गरिएको हो । ’

Womui
Womui