द्वन्द्वकालीन प्रतिवेदन सरकारले पायो

36

छिनछिन खबर
काठमाडौं–सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको थियो । आयोगले द्वन्द्वकालीन न्याय निरुपण सम्बन्धि हालसम्म गरेका कामको विवरणसहितको प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसमक्ष बुझाएको हो ।


प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण उल्लेख गरिएका छन् । आयोग हाल पदाधिकारीविहीन छन् । आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाए । आयोगका पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिए । आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कार्वाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि दस्तावेजलाई सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन दिए ।

सरकारले चैत्त मसान्तमा सकिएको आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

Womui
Womui