श्रीलंका बिस्फोटमा मर्नेको संख्या १४० पुग्यो

36

एजेन्सी
श्रीलंकाको राजधानी कोलोम्बोमा भएको विस्फोटमा मर्नेको संख्या १४० पुगेको छ । आइतबार दिउँसो फेरि बिस्फोट भएपछि मृतकको संख्या बढेको हो । कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा बिस्फोट भएको थियो । सयौं मानिस घाइते भएका छन् ।


बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो । उक्त बिस्फोटमा परी कम्तिमा २ जनाको ज्यान गएको बताइएको छ । इस्टर सन्डे मनाउन चर्चमा भेला भएका क्रिश्चियन धर्मालम्बीहरू र विदेशी बस्ने पाँच तारे होटललाई लक्षित गरी बिस्फोट गराइएको थियो । बिस्फोट कसले किन गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन । श्रीलंकामा भइरहेको शृखंलावद्ध बिस्फोटको विश्व समुदायले निन्दा र भत्र्सर्ना गरेका छन् ।

Womui
Womui