राप्रपाले नेपालगन्जमा जलायो धर्म निरपेक्षता ब्यानर

262

नेपालगन्ज, बैशाख ६-
राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके लगायत देशभर धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपालगन्जमा ठुलो संख्यामा राप्रपाका नेता, कार्यकर्ताले प्रर्दशनसहित ब्यानर जलाएका हुन् । सो क्रममा प्रहरीले ब्यानर खोस्ने प्रयास गर्नुका साथै धरपकड पनि गरेको थियो । राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्षता खारेजीको माग गर्दै प्रदर्शन गरेको थियो । राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले प्रहरीले धरपकड गरेपनि कार्यक्रम सफल भएको बताए । सो क्रममा राप्रपाका केन्द्रिय महामन्त्री डा. धवलशम्शेर राणा लगायत केन्द्र र जिल्ला स्तरका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Womui
Womui