राप्रपा  कार्यकर्ता र प्रहरीबीच भडप

26

छिनछिन खबर
काठमाडौं–हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा कोणसभा गरेको थियो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको थियो ।


प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिएका थिए । प्रदर्शनमा राप्रपाका अध्यक्ष कमल थापा, दीपक बोहरा, बुद्धिमान तामाङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Womui
Womui