नेपाली कांग्रेसभित्र गुट मौलाउँदो, देउवाले बोलाएको बैठकमा कृष्ण सिटौला सहभागी भएनन्

96

छिनछिन खबर
काठमाडौं– गुटगत झमेलामा अल्झिएको कांग्रेस भित्र फेरि अर्को कचिङगलो सुरु भएको छ । कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा कृष्ण सिटौला सहभागी भएनन् ।

बैठकका लागि देउवा निवासबाट खबर आएको थियो । कांग्रेसको कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०–४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट रहेको एक नेताले बताएका छन् । दुई पक्षको मात्र भागवण्डामा कार्यसम्पादन समितिको टुङगो लागाउने विषयले काँग्रेस भित्र नयाँ विवाद देखिएको हो ।

Womui
Womui