लगानी सम्मेलनः सोकेसका ७७ आयोजनामध्ये १५ वटामा लगानीकर्ताको सम्झौता (सूचीसहित)

133

छिनछिन खबर
काठमाडौं– सरकारले लगानी सम्मेलनमा सोकेसमा राखेका ७७ आयोजनामध्ये १५ वटामा लगानीकर्ताले सम्झौता गरेका छन् । । सोकेसमा राखिएका सरकारका ५० र निजी क्षेत्रका २७ वटा अयोजनामध्ये १५ वटामा मात्र लगानीकर्ताले सम्झौता गरेका हुन् भने थप २ वटामा चासो देखाएका छन् । पूर्वाधार तथा यातायात क्षेत्रका ७, ऊर्जाका ४, कृषिका ३, शिक्षा तथा स्वास्थ्यका २ र लजिस्टिकमा १ कम्पनीले इच्छा देखाएका हुन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ७७ अयोजनामध्ये १७ वटामा लगानीकर्ताले चासो देखाएको र १५ वटामा लगानीको सम्झौता भएको छ ।

९०० मेगावाटको अरुण तेस्रोमा भारतीय बैंकसँग एभरेष्ट बैंक र नविल बैंकले लगानी गर्ने
सम्मेलनमा लामो समयदेखि लगानी जुटाउन नसकिरहेको ९०० मेगावाट विद्युत उत्पादन क्षमताको अरुण तेस्रोका लागि भारतीय कम्पनी सतलजले लगानी जुटाएको घोषणा गरेको छ । स्टेट बैंक अफ इण्यिा (एसबइआइ), एभरेष्ट बैंक र नविल बैंकले संयुक्तरुपमा अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने भएका हुन् ।

चौधरी ग्रुपका ४ प्रोजेक्ट
अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी गु्रपले ४ वटा आयोजनामा लगानीको सम्झौता गरेको छ । चौधरी गु्रपले फाइनान्स कम्पनी, टेलिकम, सोलार, मल्टि मोडेल लजिस्टीकमा विदेशी लगानी भित्र्याउने भएको हो । चौधरी ग्रुपले प्रवद्धन गरेको युनाइटेड फाइनान्समा भारतको मुथुत फाइनानसको ३९ करोड ९० लाख रुपैयाँ लगानी भित्र्याएको छ ।

चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउन सम्झौता गरेको छ भने सिजी लाइफले टेकिममा पनि लगानी भित्र्याउने भएको छ । चौधरी ग्रुपले सोलार प्लान्ट राख्नेबारे प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ ।

ज्ञानेन्द्रलाल प्रधानले बुटिक होटल खोल्ने
व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले सिन्सियल कन्सोल्टियमसँग मिलेर बुटिक होटेल खोल्ने भएका छन् । लगानी सम्मेलनमा बुटिक कन्सोल्टियम र प्रधानबीच लगानी सम्झौता भएको हो । त्यसैगरी, गैरआवासिय नेपालीहरुको संगठन एनआरएनएले १० अर्ब रुपैयाँको भेञ्चर क्यापिटल फण्ड बनाएर नेपालमा लगानी गर्ने सम्झौता भएको छ । लगानी बोर्डका सीइओ अधिकारीले भने, ‘ामी लगानीकर्तालाई अन्तर्राष्ट्रयस्तको सुविधा दिन्छौं । काभ्रेको बनेपामा हिमालयन बुटिक रिसोर्ट खोल्नका लागि शनिबार सम्झौता भएको हो ।

त्यसैगरी, अन्तर्रा्ष्ट्रिय वित्त निगमले र लगानी बोर्डबीच सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) बनाउनका लागि सम्झौता भएको छ । लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी र आइएफसीका प्रतिनिधिबीच उक्त सम्झौता भएको हो । सार्वजानिक निजी साझेदारीमा उक्त सेज निर्माण गरिने छ ।

आइएफसीका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा एक अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने बताएका थिए । आइएफसीले आगामी ४ वर्षमा सो लगानी नेपालमा गर्नेछ ।  त्यसैगरी, उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेको ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली जलविद्युत आयोजनाले पनि विदेशी लगानी भित्र्याउने सम्झौता गरेको छ ।

सम्मेलनमा ४० देशका ७३५ जना र ६०० जना स्वदेशी लगानीकर्ता सहभागी भएको लगानी बोर्डले जनाएको छ । जसमा ३०० भन्दा बढी विदेशी कम्पनी र १०० भन्दा बढी स्वदेशी कम्पनीका लगानीकर्ता सहभागी भए ।

Womui
Womui