यसरी पक्राउ परे विप्लव समूहका तेस्रा वरियताका नेता

153

छिनछिन खबर
काठमाडौं–नेत्रविक्रम चन्द विप्लवन ेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरयताका नेता हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । ओलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको हो । उनी पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्जका रुपमा कार्यरत थिए । ओलीलाई विप्लवसमूहले नख्खुमा गराएको बम विस्फोटका मुख्य योजनाकारका रुपमा लिएर प्रहरीले खोजी अभियान चलाएको थियो ।

ओलीसहित ८ पक्राउ
प्रहरीको विशेष टोलीले ओलीसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेहरु कुन तहका नेता हुन् भन्ने नखुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शंकर अधिकारी, विजय श्रेष्ठ, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का छन् ।

काभ्रेको खानिखोला ७ मिल्चे डाँडापारी प्रहरीको विशेष टोलीले बा १७ च ४८९३ नम्बरको स्करपियो चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । जिपमा सवार ८ सहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Womui
Womui