कलाकार दिपाश्री निरौला भन्छिन्–मेरो सिउँदो रंगाउने हिम्मतिलो मर्द फेला परेनन्

111

छिनछिन खबर
काठमाडौं– कलाकार दिपाश्री निरौलालाई जहिले पनि पछयाृने प्रश्न बिहेको बारेमा हो । तर उनलाई जहिले पनि विवाह, श्रीमान र ब्वायफ्रेण्ड जस्ता त्यस्ता प्रश्नले उनलाई कुनै बेला दिक्दारी र कुनै बेला आनन्द दिन्छ । बिहेको बारेमा भने उनको फरक धारणा छ । उनी भन्छिन्– सिउँदो रंगाउने हिम्मतिलो मर्द नै फेला परेन ।


‘विवाह गर्छु भन्दै दर्जनौ युवाहरु आउँछन् तर आँट गर्न सक्दैनन्,’ दिपाले भनिन् ‘विवाहलाई भन्दा कामलाई बढी प्राथमिकता दिएका कारण पनि मेरो जीवनमा विवाहको अबसर जुट्न सकेन ।’ करियरलाई प्राथमिकता दिएका कारण आफ्नो विवाह नभएको उनी बताउँछिन् । विवाहपछि कलाक्षेत्रका ब्यक्तिहरु ओझेलमा पर्दै आएका छन् । विशेषगरी केटाभन्दा केटीहरु बढि ओझेलमा परेका छन् । विवाह भएको भए साहदे २५ बर्ष यो क्षेत्रमा विताउन दिपाश्रीका लागि पनि कठिन नै हुन्थ्यो होला ।

कतिपयले दिपा र दीपकलाई जोडेर हेर्ने गरेका छन् । दिपा र दीपकको कमेडियन जोडी नेपाली समाजमा हिट छ । ‘तितो सत्य’ टेलिश्रंखलादेखि यो जोडि निकै चर्चामा आएको थियो भने फिल्ममा पनि यो जोडी सँगसँगै निर्माण र अभिनयमा देखिदै आएको छ । उनीहरुले निर्माण गरेका शूरुका फिल्महरु औसत रहेपनि पछिल्ला फिल्महरु भने हिट नै बने । छक्का पन्जाबाट उनीहरुले निकै चर्चा कमाए भने दर्शकहरुलाई भरीपूर्ण मनोरन्जन पनि दिए ।

तितो सत्यदेखि नै दिपा र दिपकलाई जोडेर हेर्ने गरिन्छ । उनीहरु प्रेमी र प्रेमीका भएको अनुमान पनि नेपाली बजारमा चलिनै रहन्छ । तर दिपक आफ्ना लागि अति सहयोगी र मन मिल्ने साथी भएको बताउने गरेकी छिन् । रियल लाइफमा नभएपनि रिल लाइफमा भने उनीहरु पति पत्नी नै हुन् । बास्तविक जीवनमा पनि उनीहरुको बर्षाै लामो दोस्तीको कहानी छ । ‘मेरो सफलताको हिरो दिपक नै हो ।

Womui
Womui