लगानी सम्मेलनबाट ३७ खर्ब उठाउने सरकारी लक्ष्य, यस्तो छ तयारी

122

छिनछिन खबर
काठमाडौं–सरकारले आगामी साता काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा ५० वटा आयोजना प्रस्ताब गर्दै ३६ खर्ब ९५ अर्ब रुपैयाँ बराबर लगानी जुटाउने लक्ष्य लिएको छ । सरकारले विदेशी लगानी आकर्षित गर्न हतारका साथ केही ऐनहरु संशोधन गरी लगानीकर्ता आकर्षित गर्ने प्रयास गरेको छ ।

बिदेशी तथा स्वदेशी लगानी भित्र्याउन लगानी बोर्ड नेपालले विभिन्न सात क्षेत्रका ५० वटा आयोजना तयार परेको हो । यी आयोजनाहरुमा लगानी गर्न सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आब्हान गर्नेछ । सम्मेलनमा बिभिन्न देशका ६ सय ५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । सरकारले पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, यातायात, औद्योगिक पूर्वाधार र शिक्षा, स्वास्थ्य लगायतकाका क्षेत्रसँग सम्बन्धित सम्बन्धित परियोजना अघि सार्ने भएको हो ।

सम्मेलनमा केही लगानीकर्तासँग सम्झौता समेत गर्ने सरकारको तयारी छ । सम्मेलनमा राखिएका परियोजनामा लगानीको आशय ब्यक्त गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई २० दिनको समयसीमा तोकिने भएको छ ।

Womui
Womui