प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन, ८० प्रतिशत काम सम्पन्न

191

छिनछिन खबर
भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् ।

ओलीले विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए । प्रधानमन्त्री ओलीका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढासहितले स्थलगत अवलोकन गरे ।

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

Womui
Womui