२५ हजार घुससहित नापी कार्यालयका पूर्व कर्मचारी पक्राउ

104

छिनछिन खबर
राजविराज,चैत ४ । सेवाग्राहीसँग लिएको २५ हजार घुससहित सप्तरीको नापी कार्यालयका पूर्व कर्मचारी पक्राउ परेका छन्।

सिराहा घर भएका पिन्टुकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो। यादव केही समयअघिसम्म नापी कार्यालयमा करारमा जागिरे थिए।करार अवधि समाप्त भएपछि लेखापढीको काम गर्दै आएका यादवले कर्मचारीकै हैसियतमा ‘काम गरिदिन्छु’ भन्दै सेवाग्राहीसँग पैसा लिएको पाईएपछि अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ।

Womui
Womui