नेपालगन्जको राँझामा फेला परेको बम डिस्पोज

85

नेपालगन्ज, फागुन ३०-
नेपालगन्जको राँझास्थित चारलेन सडकमा बिहीबार बम फेला परेको छ । बाल्टिन जस्तो देखिने भाँडोमा बाहिर पट्टी ‘खतरा’ लेखेर छाडिएको उक्त बमलाई नेपाली सेनाको राँझा ब्यारेकबाट आएको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शंकास्पद अवस्थाको उक्त बस्तु बम नै भएको ठहर गरी प्रहरीले डिस्पोजका लागि राँझास्थित नेपाली सेनाको टोलीलाई खबर गरेको थियो ।

सेनाले बम निस्कृय पारिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अरुण पौडेलले बताएका छन् । उनले भने, ‘नेपाली सेनाको टोली आएर कम डिस्पोज गरिसकेको छ, अहिले अवस्था सामान्य भईसकेको छ ।’ विप्लव समुहको बन्दका कारण बिहीबार बाँकेको जनजीवन प्रभावित बनेको छ । विप्लव समुहको त्रासका कारण बिद्यालय, उद्योग तथा कलकारखाना, ब्यवसाय, यातायात साधन चल्न सकेका छैनन् । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आब्हान गरेकै दिन नेपालगन्जको ब्यस्त सडकमा बम भेटिएपछि यहाँको सुरक्षा अवस्थामा चुनौती थपिएको छ ।

Womui
Womui