वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष गुरुङको घरमा विस्फोट गराइएको बस्तु बम भएको पुष्टि, कसले गरायो अझै अन्योल

142

छिनछिन खबर
काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गराउन बम नै प्रयोग भएको पुष्टि भएको छ । शुक्रबार साँझ काठमाडौको बसुन्धारामा रहेको गुरुङको घरमा बम विस्फोट गराइएको थियो । प्रहरीले गुरुङको घरमा बम विस्फोट गराइएको बताए पनि कसले गराएको हो भन्नेबारे केही बताएको छैन ।

विस्फोटमा परी ५ जना घाइते भएका छन् । घटनामा काठमाडांै हानगरपालिका–३, का शैलेन्द्र खड्का, मिलन बस्नेत, ममता गौतम र दिवाकर गुरुङ घाइते भएका हुन् । अर्का एक जनाको नाम खुलेको छैन । बम विस्फोटपछि लागेको आगो साढे ८ बजेतिर स्थानीय बासिन्दा र दुईवटा दमकलको सहायतामा नियन्त्रणमा आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । विस्फोटबाट बा १० च ६७८९ नम्बरको गाडी जलेर नष्ट भएको छ भने घरका सिसा, ढोका र सटरमा क्षति पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

Womui
Womui