मेयर राणाको तलब, भत्ताबाट बिरामीलाई सहयोग

132

नेपालगन्ज, फागुन ६-
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले आफ्नो तलब, भत्ता बिरामीलाई प्रदान गरेका छन् । राणाले नेपालगन्ज वडा नम्बर ७ निवासी पुनम नेपालीलाई उपचारार्थ एक महिनाको तलब/भत्ता बराबरको ५० हजार सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच वादी समुदायमा कार्यरत संस्था कमीट नेपाललाई सो रकम बाराबरको चेक हस्तान्त्रण गरेका थिए । प्लाष्टिक एनिमीया कारण पुनमको दुई महिनादेखि बोन म्यारोमा समस्या देखिएको छ ।

उपचारमार्फत पूर्ण निको हुन करिव १० लाख खर्च लाग्ने चिकित्सकले बताएको पुनमका पनि सुरेश नेपालीले जानकारी दिए । संस्थाका अध्यक्ष प्रकाश वादीलाई चेक हस्तान्त्रण गर्दै डा राणाले आफनो तलव मानवीय सेवामा लगाएर जनप्रतिनीधीप्रतिको गलत धारणा परिवर्तन होस्,समाजमा सकरात्मक सन्देश जाओस् भन्ने ध्येय रहेको बताए । उनले पुनमको उपचारमा सहयोग गर्न सबैमा अपील समेत गरे । डा. राणाले हरेक महिनाको तलव मानवीय उत्थानका लागि सहयोग गर्दै आएका छन् । अध्यक्ष वादीले प्रदानित सो सहयोग बैंकमार्फत झिकेर बिरामीको उपचारका लागि दिइने जानकारी दिए । उक्त कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तेजनारायण कँडेल लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui