कञ्चनपुरमा फेरि फेला प¥यो साढे पाँच किलो सुन

83

छिनछिन खबर
महेन्द्रनगर–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा फेररि साढे पाँच किलो सुन फेला परेको छ । यसअघि त्यहाँ १८ किलो सुन बरामद भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीसहितको टोलीले बिहीबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट ठूलो परिणाममा सुन बरामद गरेको हो । दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६०० ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए । पक्राउ परेका तिरुवा दाजुभाइमाथि सोधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो । बरामद गरिएको २३ किलोे ६०० ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। सुन भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको प्रहरीको अनुमान छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर (पुनर्वास) प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीका शंकर विक भनिने भरतलाल विकको घरबाट सुन बरामद गरेको १५ घण्टापछि ठूलो परिणाममा सुन बरामद गरेको हो ।

टोलीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीका गंगालाल विकको घरभित्र आलुको थुप्रोमुनि लुकाइ राखेको अवस्थामा १८ किलो सुन फेला पारेको थियो । प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भइ भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरजलाई दिएका थिए ।

सुरज नेपाल प्रहरीका जवान हुन् । सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् ।

Womui
Womui