एक खर्ब बढीको जलविद्युत् सेयर सर्वसाधारणलाई

35

छिनछिन खबर
काठमाडौं– सर्वसाधारणले एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत् कम्पनीक सेयर पाउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत् आयोजना कार्यक्रमअन्तर्गत तीन हजार चार सय ७९ मेगावाट बराबरका १९ जलविद्युत आयोजनामा सर्वसाधारणलाई सेयर दिन लागेको जनाएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार काठमाडौंमा जनताको जलविद्युत् आयोजना नामक कार्यक्रम सार्वजनिक गर्दैछन् । ऊर्जामन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराअन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाको लगानी ढाँचामा सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने उल्लेख छ ।

कार्यक्रमअनुसार जनताले एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँको सेयर पाउने छन् । जनतालाई दिने गरी प्रस्ताव गरिएको १९ वटै आयोजनाहरु सरकारी संस्थान र कम्पनीहरुले निर्माण अघि बढाउन लागको ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए ।

सरकारले अबको एक दशकमा ऊर्जा क्रान्ति आउने दावी गरिरहेको छ ।नेपालको आर्थिक विकासका लागि ऊर्जा नै महत्वपूर्ण हुने विभिन्न अध्ययनबाट पुष्टि भएपछि यतिखेर सरकारी र निजी क्षेत्रको ध्यान ऊर्जा उत्पादनमा लागेको छ ।

Womui
Womui