आकाशमा आफ्नै चन्द्रमा बनाउँदै चीन

230

एजेन्सी– विज्ञान, प्रविधिको पहुँचमा अब्बल मानिएको चीनले आफ्नो आकाशमा आफ्नै चन्द्रमा निर्माण गर्ने दाबी गरेको छ । चिनियाँ अखबार पिपुल्स डेली चाइनाका अनुसार चिनियाँ कम्पनीले आफैंले बनाएको नक्कली चन्द्रमा बनाएर आकाशमा पठाउने योजना बनाएको छ । उक्त प्रोजेक्टलाई एक निजी चिनियाँ कम्पनी एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च सेन्टर प्रालीले सन् २०२० सम्ममा पृथ्वीको कक्षमा एउटा चम्किलो स्याटालाइट पठाइसक्नेछ जसमा चीनमा स्ट्रीट लाइटको काम गर्ने छ ।


कस्तो हुनेछ चन्द्रमा पठाउने योजना ?
एयरोस्पेसले अहिलेसम्म चन्द्रमा पठाउने बारेमा धेरै जानकारीहरु बाहिर ल्याएको छैन । तर जति पनि सूचना र जानकारीहरु आएका छन्, तीमाथि धेरै प्रतिक्रियाहरु र प्रश्नहरु उठाइएको छ । पहिलो पटक चीनबाट प्रकाशित हुने अखबार पिपल्स चाइना डेलीमा उक्त समाचार आयो जसमा वु चेनफेङ्गले बयान दिए। था वु चेनफेङ्ग चगडु एयरोस्पेश साइन्स इनस्टिच्यूट माइक्रोइलेक्ट्रोनिक्स सिस्टम चिसर्च सेन्टरको अध्यक्ष भएको उल्लेख गरे । उनले उक्त योजनालाई सन् २०२० सम्ममा सफलता पूर्वक सम्पन्न गर्ने दाबी गरेका छन्। यसका साथै उनले अब चीनको सडकमा स्ट्रिट लाइटको पनि आवश्यकता नपर्ने दाबी गरेका छन् । तर उनले के उक्त योजनाको पछाडि चीन सरकारको कुनै संलग्नता छ वा छैन भन्ने केही बताएको छैन ।

कसरी काम गर्नेछ कृत्रिम चन्द्रमा ?
चाइना डेलीका अनुसार यो कृत्रिम चन्द्रमाले एउटा सिसाको जस्तै काम गर्नेछ, जसमा सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीमा पठाउनेछ । यो पृथ्वीभन्दा ५०० किलोमिटरको दूरीमा अवस्थित रहनेछ। लगभग यति नै दूरीमा अन्तराष्ट्रिय स्पेस स्टेशन पनि रहेको छ । यसको प्रतिस्पर्धा पृथ्वीको सक्कली चन्द्रमाको ३ लाख ८० हजार किलोमिटर रहेको छ । रिपोर्टमा बताइएको छ कि यो चन्द्रमा हेर्नमा कस्तो हुनेछ त्यो त थाहा छैन । तर वु केले बताए अनुसार पक्कै पनि यसले आफ्नो प्रकाशबाट १० किलोमिटर दूरीदेखि ८० किलोमिटरमा फैलिएको हुन्छ जहाँ सक्कली चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश दिनेछ । साथै यो चन्द्रमाको प्रकाशलाई आफू अनुकुल नियन्त्रित समेत गर्न सकिनेछ ।


सडक बत्तीभन्दा सस्तो हुनेछ कृत्रिम चन्द्रमा
चेङ्गडु एइरोस्पेशका अधिकारीहरुले भनेका छन्, ‘कृत्रिम चन्द्रमाको मुख्य उद्देश्य नै पैसा बचाउनु हो । जति खर्च सर्वसाधारणले स्ट्रीट लाइटमा गर्छन्,त्यसको तुलनामा कृत्रिम चन्द्रमाको प्रकाश नै सस्तो हुन्छ ।’ चाइना डेलीले वु केलाई उद्दृत गर्दै भनेका छन्, ‘कृत्रिम चन्द्रमाबाट ५० वर्ग्किलोमिटरको क्षेत्रमा प्रकाश छर्नेछ जसले प्रत्येक वर्ष विजुलीमा आउने खर्चको १.२ अर्ब युआन १८ करोड डलर बचत हुनेछ ।’ यसका साथै प्राकृतिक विपत्ति लगात भूकम्प वा बाढी (पहिरोमा पनि यो कृत्रिम चन्द्रमाले भरपूर मद्दत गर्नेछ । ग्लास्गो यूनिभर्सिटीमा स्पेस सिस्टम इन्जिनियरिङका प्रवक्ता डा. म्याटियो सिरिओटीले भनेका छन्,’ यो योजना एक पलको लागि जस्तो देखिन्छ । तर त्यो होइन । यसले रातिको समयमा विजुलीमा धेरै कटौति गरी पैसाको बचत गराउनेछ। १५ वर्षसम्म यसले सस्तोमा विजुलीको काम गर्नेछ राति सडकमा ।’

कति सम्भव छ कृत्रिम चन्द्रमा बनाउन ?
डाक्टर सिरिओटीको भनाई छ कि वैज्ञानिक तरिकाले भने यो सम्भव छ। तर यसको सामुन्ने समस्या पनि उत्तिकै छ । त्यो हो दूरीको । यसलाई कत्ति दूरीमा र कति क्षेत्रमा प्रकाश छर्ने गरी राख्ने भन्नेमा अहिलेसम्म निश्चय गर्न सकिएको छैन । यसले दिने प्रकाशबाट पृथ्वीको केही भागमा भने सक्कली चन्द्रमालाई समेत पछाडि पारिदिनेछ । यसको अर्थ यो एउटा स्थिर कक्षमा रहनेछ जुन पृथ्वीबाट ३७ हजार किलोमिटरको टाढा हो । सिरिओटीले भनेका छन्, ‘ सबैभन्दा धेरै समस्या पनि यही हो कि खास इलाकामा प्रकाश फैलाउन स्याटालाइटलाई निश्चित ठाउँमा राख्नु पर्नेछ । यदि तपाई १० किलोमिटरसम्मको क्षेत्रमा प्रकाश चाहनुहुन्छ, तर तपाईको दिशा एक डिग्रीको १०० भागमा परेन भने त्यसबेला कृत्रिम चन्द्रमाको प्रकाश अर्कै क्षेत्रमा पुग्नेछ ।’


प्रकृतिमाथि असर
यता, हार्बिन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक क्याङ विमिनले पीपुल्स डेलीसँग भनेका छन्, ‘ यो कृत्रिम चन्द्रमा सक्कलीभन्दा केही धमिलो देखिनेछ तथा जनावरको दैनिक जीवनमा प्रभाव पार्नेछ ।’ तर चीनमा कृत्रिम चन्द्रमाको बारेमा चर्चा हुनुका साथै चिन्ता पनि व्यक्त भइरहेका छन् । केही मानिसले यसलाई जनावरहरुलाई राति पनि सुत्न नदिने प्रतिक्रिया दिएका छन् भने कोहीले प्रदूषणबाट भइरहेको हानीलाई रोक्नुका साथै समृद्धि पनि ल्याउने बताएका छन् । यस्तै इन्टरनेशनल डार्क स्काइ एशोसिएशनमा पब्लिक पोलिसीका निर्देशक जोन ब्यारेन्टीनले फोर्ब्सलाई बताउँदै भनेका छन्, ‘यो कृत्रिम चन्द्रमाको कारणले निश्चित क्षेत्रमा रातिको सट्टामा दिन हुनेछ। साथै पहिलेदेखि नै प्रकाश प्रदूषणको मार झेलिरहेका चेङ्गदुबासी झन मारमा पर्नेछन् । यहाँका मानिसहरु रातिको समयमा पनि कृत्रिम प्रकाशका कारण हैरान छन्।’ साथै सिरिओटीले पनि यदि कृत्रिम चन्द्रमाको प्रकाश बढी भएमा प्रकृतिमाथि सिधै असर गर्ने बताएका छन् ।

के यो पहिलो कोशिस हो ?
कृत्रिम चन्द्रमा राख्ने यो पहिलो कोशिस भने होइन। यसअघि पनि प्रकाशलाई लिएर कृत्रिम चन्द्रमा बनाउने योजना बनाइ सकिएको छ । सन् १९९३मा रुसका वैज्ञानिकहरुले २० मीटर चौडा एक रिफ्लेटर मिर स्पेस स्टेशनतर्फ पठाएका थिए । उक्त रिफ्लेक्टरको ओर्बिट २०० किलोमिटर देखि ४२० किलोमिटरको बीचमा थियो । नाम्या २ नामक अर्को एउटा स्याटालाइट पनि पृथ्वीबाट ५ किलोमिटरको व्यासमा प्रकाशको लागि पठाइएको थियो । तर उक्त स्याटालाइट जलेर नष्ट भएको थियो। यसपछि ९० को दशकको अन्त्यमा पनि नाम्याको अर्को एक ठूलो मोडेल बनाउने कोशिस पनि गरियो । तर त्यो सफल हुन सकेन ।

Womui
Womui