अबदेखि नेपालमा २००, ५०० र २००० का भारु नचल्ने

109

छिनछिन खबर
काठमाडौं– अबदेखि सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीमा नल्याउने भएको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने समेत जनाएको छ ।


मन्त्रिपरिषद बैठकले २००, ५०० र २००० भारु नोट भारत सरकारले नै चल्तीमा ल्याउन छाडिसकेका कारण त्यस्ता नोट नेपालमा पनि नबोक्न, नराख्न र चल्तीमा नल्याउन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सरकारले दुई वर्षअघि नै भारु ५०० र १००० दरका नोट चल्तीमा नल्याउन निर्देशन दिए पनि देशका केही भागमा रहेको हुन सक्ने र त्यस्तो रकम १ अर्बको हाराहारीमा रहेको अनुमान छ ।

Womui
Womui