मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

108

छिनछिन खबर
राजविराज,मङ्सिर २७ । सप्तरीको रुपनी गाउँपालिका ६ मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ।

पश्चिमतर्फ जाँदै गरेको स ५ प १६५३ नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको थियो।दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिराहाको सखुवानकट्टी गाउँपालिका १ का २३ वर्षीय रितेश चौधरी घाइते भएका थिए।राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएका चौधरीको बुधबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भावेश रिमालले बताए।

Womui
Womui