नेपाली कांग्रेसले महासमिति बैठकमा १ करोड रुपैयाँ खर्चिने

37

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसले काठमाडौंमा शुक्रबारदेखि सुरू हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा भाग लिन विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरू राजधानी आउने क्रम सुरू भइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । पार्टीको विधान टुंग्याउने काम सकिएको समेत शर्माले जानकारी दिए ।


महासमिति बैठक व्यवस्थापनमा एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको शर्माले बताएका छन् । महासमिति बैठकमा करिब एक हजार ३ सय सहभागी हुँदैछन्। उनीहरूका लागि बिहान नास्ता र दिउँसो खानाको व्यवस्था हुने र बास र बेलुकीको खाना भने महासमिति सदस्यहरूले नै व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

Womui
Womui