जनकपुर उपमहानगरपालिकामा अख्तियारको छापा, आर्थिक अनियमितताको आशंकामा फाइल कब्जा

61

छिनछिन खबर
जनकपुर,मङ्सिर २५।  जनकपुर उपमहानगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।पोखरी र बिजुलीको ठेक्कामा अनियमितताको आशंकामा अख्तियारले छापा मारेको बताइएको छ।

 

 

अख्तियारको टोलीले यी दुई विषयसँग सम्बन्धित सबै फाइल कब्जामा लिएको छ। साथै यो विषयमा विस्तृत छानबिनका लागि सहयोग गर्न आग्रह गर्दै अख्तियार बर्दिबासको टोलीले नगरपालिकाका मेयर लालकिशोर साहलाई कार्यालयमा उपस्थित हुन भनेको छ।अख्तियारले उपमहानगरपालिकामा कर्मचारी नियुक्तिमा पनि अनियमितता भएको पाइएको भन्दै लेखा प्रमुखलाई समेत कार्यालयमा बोलाएको छ।यस विषयमा उपमहानगरपालिकाका मेयर साहसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न चाहेनन्। उपमेयर रीता झाले भने यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिइन्।

Womui
Womui