प्रधानमन्त्रीलाई तरुण दलको चेतावनी– पुरस्कार फिर्ता नगरे देशव्यापी आन्दोलन

160

छिनछिन खबर
काठमाडौं,मङ्सिर १८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपिएफले दिएको पुरस्कार फिर्ता लिन आग्रह गरेको छ।

तरुण दलले मंगलबार विज्ञप्ति जारी गर्दै एउटा विवादास्पद संस्थाले दिएको पुरस्कार ग्रहण गरेकोप्रति आपत्ति जनाएको हो।प्रधानमन्त्री ओलीले विवादास्पद संस्थाले दिएको रकम फिर्ता नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत तरुण दलले दिएको छ।प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को स्वीकृतिबिना पुरुस्कार ग्रहण गर्नु कानुनविपरीत रहेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तरुण दलले कुनै पनि संस्थाबाट बिनाकारण पुरस्कारका नाममा यति ठूलो रकम ग्रहण गर्नु खुला कमिसन र भ्रस्टाचार भएको आरोप लगाएको छ।तरुण दलले कार्यक्रमको नाममा भएको खर्चको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ।

Womui
Womui