जथाभाबी हर्न बजाउने ९१ सवारी चालक कारबाहीमा

358

लमही,मंसिर १८ । (रासस) ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभाबी हर्न बजाउने सवारी चालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारी चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिए ।

 

निषेधित क्षेत्रमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारबाही गरिएको छ । कारबाहीमा परेकाबाट जनही ५ सय रुपैयाँका दरले १६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको महराले बताए । ती बाहेक अन्य सवारी चालकको कागजात जफत गरिएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।

हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले २०, इलाका प्रहरी कार्यालय तुलसीपुरले ७ तथा ट्राफिक प्रहरी कार्यालयले १० जना प्रहरी खटाएको छ । पैदलयात्रुलाई छेउबाट हिँडाउनका लागि वीरेन्द्र चोकमा ट्राफिक कोण राखेर डोरी बाँधिएको छ ।

Womui
Womui