श्रृंखला मिस वल्र्डको टप ३० मा पर्न सफल

116

छिनछिन खबर
काठमाडौं, मंसिर १७ । श्रृंखला खतिवडा मिस वल्र्डको टप ३० मा पर्न सफल भएकी छिन् । श्रृंखला मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा पर्न सफल भएकी हुन् । मल्टिमिडियामा नेपालले म्याक्सिको र केन्यालाई पछि पारेको हो । मल्टिमिडिया राउण्डमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोटको गणना गरिन्छ ।


‘टप–३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिताबाट ‘टप–१५’ छनोट हुनेछन् । त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप–५’ छानिनेछन् । यसरी छनोट भएका ‘टप–५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फस्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन् ।

Womui
Womui