सयौँ जोडीलाई युनिफिकेशन चर्चकी प्रमुखद्वारा आर्शिवाद

113

छिनछिन खबर
काठमाडौं, मंसिर १७ । युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले सयौं जोडीहरुलाई एक साथ आशीर्वाद दिएकी छन । कार्यक्रममा मुलुकभरका नगररगाउँप्रमुखहरुलाई स्टेजमा बोलाएर आशिर्वादसमेत दिइएको थियो ।

आशीर्वाद लिने सर्वसाधारणहरुलाई जुस खुवाइएको थियो र त्यसपछि श्रीमतीलाई अघि सारेर पवित्र जल अभिषेक गरिएको थियो । त्यसपछि हानले ती जोडीहरुलाई सामूहिक आशीर्वाद दिइन् । त्यतिबेला ती जोडीहरुले आदरपूर्वक शीर झुकाएका थिए ।

सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुशासनमा उल्लेखनीय काम गरेको भन्दै एक लाख अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरिएको थियो ।

Womui
Womui