सरकारले भन्यो– राष्ट्रपतिलाई १८ करोडको एउटै गाडी होइन

114

छिनछिन खबर
काठमाडौं, मंसिर ६ । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलवव्ध गराउन लागेको सवारी साधानबारे गरिएका प्रचार गलत भएको दावी गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार सञ्चारमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति र उपराष्ट्रपति सम्मानित पद भएको बताए । राष्ट्रपति र उपराष्ट्रपति गणतन्त्रका जीवित सिम्वोल भएको उनको भनाइ छ ।
’सम्माननीय राष्ट्रपतिलाई जोडेर उहाँको सवारी साधन र निवासको विषयमा विभिन्न खालका प्रतिक्रिया व्यक्त भएका छन्’, उनले भने, ’कतिपय कुरा बुझेर कतिपय नबुझेर र कतिपय मौका यही हो भनेर लागेका छन्,’ उनले भने ।

गाडी खरिदको विषय अहिले उठेको विषय नभएको उनको भनाइ छ । ’के यी संस्थाहरुलाई केही पनि चाहिँदैन भनेर हामीले भन्न सक्छौं ? उनले ’राष्ट्रपति माथि लगाइएका आरोपहरु निराधार रहेको बताए । ’राष्ट्रपतिको गाडी बाटैमा घ्याच्च’ भन्ने हेडलाईन हामीले देखेकै हो भन्दै उनले भने, ’पुराना गाडीहरु थिए । एउटै गाडीको १८ करोड होइन । बुलेट प्रुफ एउटा गाडी हो । अगुवा, पछुवा, एम्वुलेन्स र वैकल्पिक व्यवस्थाको लागि इस्पेयर्स (जगेडा) गाडी हो ।’

प्रहरी प्रतिष्ठानको जमिन खोस्न लागियो भन्ने पनि खण्डनयुक्त रहेको उनले बताए ।

Womui
Womui