गुडिरहेको रेलको लिकमा खसेकी एक वर्षे बालिका बाँच्न सफल

54

एजेन्सी– भारतको उत्तर प्रदेशमा रेलको लिकमा खसेकी एक वर्षकी बालिका बाँच्न सफल भएकी छन् । उत्तर प्रदेशको मथुरा स्टेसनमा अभिभावक रेलबाट झर्दै गर्दा बालिका लिकमा खसेकी थिइन् । लिकको बिचमा परेकी उनीमाथि हुँदै रेल गुड्यो, रेल गइसकेपछि हेर्दा बालिकालाई केही भएको थिएन । उनलाई त्यहाँ उपस्थित एक युवाले उठाए र अभिभावकलाई दिए । ती बालिकालाई चोटपटक लागेन तर उनी रोइरहेकी थिइन् ।

 

मथुराका सोनु नाम गरेका व्यक्ति श्रीमती र दुई सन्तानसहित झाँसीका लागि रेलमा चढेका थिए । तर आफ्नो महत्वपूर्ण सामान झुटेको थाहा पाएपछि उनी गुड्न सुरु गरेको रेलबाट आफूसँग रहेको ठूलो सन्तानसहित झरे । उनकी श्रीमती झर्ने क्रममा काखमा रहेकी एक वर्षकी छोरी लिकमा खसिन् । रेल गुडिसकेपछि बालिका सकुशल उद्धार गरिएको हो ।

Womui
Womui