मलेसियामा एक नेपाली महिलाको शव फेला, पहिचान खुल्न बाँकी

81

छिनछिन खबर
काठमाडौं,मंसिर ५ । मलेसियामा एक नेपाली महिलाको मृत्यु भएको छ। सुरक्षा गार्डका रुपमा कार्यरत ती महिलाको शव जालानस्थित गासिङनजिकै भेटिएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

गासिङको एक झाडीमा महिलाको शव भेटिएको र ती महिलाको शवमा नाकबाट रगत बगेको देखिएको बताइएको छ। यसैगरी, बायाँ हातको औलामा समेत चोट देखिएको समाचारमा उल्लेख छ।मृतक सुरक्षा गार्डको पोशाकमै रहेको भेटिएको प्रहरीले जनाएको छ। उनको पहिचान भने नखुलेको बताइएको छ।प्रहरीले फोरेन्सिक विभागलाई नमूना पठाएको र सो नमूनाको नतिजा आएपछि मात्र हत्या वा स्वभाविक मृत्यु हो भन्ने यकिन हुने बताइएको छ।

Womui
Womui