कृषि विकास मन्त्रालय खारेज गर्न माग

22

छिनछिन खबर
काठमाडौं,मंसिर ४ । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझाम बाहेक अरु केही पनि काम नगरेको आरोप समेत लगाए । सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैंयाँ कर्मचारीहरुको तामझाममा लगाउने मन्त्रालयको रुपमा सो मन्त्रालयको चित्रण समेत गरे ।सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारीनै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

Womui
Womui