निर्मला पन्त हत्या प्रकरण : थप ४ जनाको डिएनए ’नेगेटिभ’

134

छिनछिन खबर
कञ्चनपुर, कात्तिक ३० । निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान क्रममा थप ४ जनाको डिएनए परीक्षण गरिए पनि नेगेटिभ देखिएको कञ्चनपुर पै्रहरीले जनाएको छ । संकास्पद व्यक्तिको डिएनए परीक्षण गर्नेक्रम जारी रहेको कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए । निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग यी ४ जनाको डिएनए नमिलेको जानकारी दिए । प्रहरीले ती चार जनाको नाम खुलाउन चाहेन ।यसअघि ५ जनाको डिएनए परीक्षण गरे पनि मेल खाएको थिएन । तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिइसकेको छ ।

निर्मला साउन १० गते विद्यालयको गृहकार्य गर्न भनि साथी रोशनी बमको घर गएकी थिइन् । त्यसपछि उनी साथीको घरबाट फर्कने क्रममा हराएकी थिइन् । उनको शव साउन ११ गते घर नजिकै उखु बारीमा बलात्कार पछि हत्या भएको अवस्थामा भेटिएको थियो । दोषी अझै पत्ता लाग्न सकेका छैन । छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका बुवा आमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्ना बसिरहेका छन् । यसरी धर्ना बस्दा निर्मलाका बुवा यज्ञराज पन्त बिरामी परेका छन् । महाकाली अञ्चल अस्पतालका डाक्टरले उनको ब्लड प्रेसर घटेको र चिसोका कारणले समेत बिरामी परेको जानकारी दिए । आमालाई पनि ज्वरो सताएको बताए ।

Womui
Womui