विधान संसोधन गरेरै भएपनि गच्छदारलाई उपसभापति बनाउनुपर्छःनेता केसी

39

छिनछिन खबर
काठमाडौं,कात्तिक २० । कांग्रेस नेता अर्जुनरसिंह केसीले विधान स‌ंसोधन गरेरै भएपिन विजयकुमार गच्छादारलाई उपसभापति बनाउनुपर्ने बताएका छन्। तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच भएको एकताका समयमा नै उनलाई उप सभापति बनाउने सहमति भएको केसीले खुलासा गरेका हुन्। विधानमा उपसभापति बनाउने व्यवस्था नभएपनि संशोधन गर्न सकिने उनको धारणा थियो।

कांग्रेसको आजको बैठकमा गच्छादारसहित आएका नेताहरुको व्यवस्थापनका विषयमा छलफल हुने सह(महामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिले सम्म शुरू हुन् सकेको छैन।बैठकमा महासमिति बैठकको नयाँ मिति तोक्ने, नेबिसंघ विवाद लगायतका विषयमा समेत छलफल हुने बताइएको छ।

Womui
Womui